मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण ६ बुधबार ११:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मटिहानीमा साप्ताहिक महाआरती प्रारम्भ   

Read Time : < 1 मिनेट
२०७८ श्रावण ६ बुधबार ११:२६:००

मटिहानी नगरपालिकास्थित पौराणिक र ऐतिहासिक महत्व बोकेको लक्ष्मीनारायण पोखरीमा साप्ताहिक लक्ष्मीनारायण भगवानको संध्या महाआरती शुभारम्भ भएको  छ । दुलहीजस्तै सिँगारिएको महाआरती स्थलमा आरती हेर्न हजारौँ स्थानीयको सहभागिता छ । 

करिब दुई करोडको लागतमा सौन्दर्यीकरण गरिएको लक्ष्मीनारायण पोखरीमा मंगलबार राति विधिपूर्वक विशिष्ट महाआरती प्रारम्भ भएको हो । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलको महत्वाकांक्षी योजनाअन्तर्गत मटिहानीको धार्मिक र ऐतिहासिक महत्वलाई अझै फैलाई धार्मिक र पर्यटकीय आगन्तुक भित्र्याउने उद्देश्यका साथ सुरु गरिएको बताए ।