१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ५ मंगलबार १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी विधानविपरीत बाँडिएका सदस्यता स्वीकार्य छैन, खारेज हुनुपर्छ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार १६:२२:oo

क्रियाशील सदस्यता धाँधलीविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसेका धनुषाका नेता तथा कार्यकर्ताको मागमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ऐक्यबद्धता जनाएका छन् । नेता तथा कार्यकर्ताको गुनासो सुन्दै कोइरालाले पार्टी विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । 

उनले विधानविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने बताए । क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको लडाइँमा आफू सधैँ साथमा रहेको भन्दै कोइरालाले अन्तिम समयसम्म साथ दिने प्रतिबद्धता जनाए । 

कोइरालाले पार्टीको कुनै पनि तहमा बसेर काम गर्ने नेता तथा कार्यकर्तामाथि हुने अन्याय सहेर नबस्ने बताए ।