१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

 घरेलु मदिरा पिउँदा चार मजदुरको मृत्यु, दुई गम्भीर    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५२:oo

घरेलु मदिरा (लोकल) पिउँदा बाग्लुङमा चारजना मजदुरको मृत्यु भएको छ । दुईजना गम्भीर बिरामी छन् । बाग्लुङको गलकोट नगरपालिका– ७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूले घरेलु मदिरा पिउँदा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।  मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीण घर्ती रहेकाे प्रहरीले जानकारी दिएकाे छ । 

मदिरा पिएर गम्भीर बिरामी भएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरू गम्भीर बिरामी परेका थिए ।  

मदिरा सेवनपछि बिरामी परेका उनीहरूको धौलागिरि अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

दुईजनाको डायलाइसिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।     
 

ad
ad