मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७८ श्रावण ४ सोमबार १३:४८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि ढुक्क नबनौँ : अध्ययन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ श्रावण ४ सोमबार १३:४८:००

कोरोना रिपोर्ट नेगेटिभ आए पनि भविष्यमा यसले स्वास्थ्य समस्या आउन सक्ने एक अध्ययन रिपोर्टले जनाएको छ । लन्डन विश्वविद्यालयले हालै सार्वजनिक गरेको अध्ययन रिपोर्टअनुसार कोरोना संक्रमणपछि नेगेटिभ रिपोर्ट आए पनि यसले लामो समयसम्म विभिन्न स्वास्थ्य समस्या देखाइरहन्छ । विश्वविद्यालयले ५६ देशका तीन हजार सात सय ६२ जना कोरोना संक्रमणमुक्त व्यक्तिहरूमाथि अध्ययन गरेको जनाएको छ । यी सबै व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । अहिले उनीहरूमा बारम्बार स्वास्थ्य समस्या देखिइरहेको अध्ययनले देखाएको छ । 

विश्वविद्यालयको जर्नल ‘क्लिनिक मेडिसिन’मा उनीहरूमाथि लगातार सात महिना अध्ययन गरिएको उल्लेख छ । अध्ययनको क्रममा शरीरका १० अंगमा दुई सय किसिमका विभिन्न परिवर्तित लक्षण देखिएको उल्लेख छ । लन्डन विश्वविद्यालयले १८ देखि ६० वर्षसम्मका व्यक्तिमा अध्ययन गरेको हो । उनीहरूलाई कोभिडसँग सम्बन्धित दुई सय ५७ वटा प्रश्न सोधिएको थियो । 

धेरैमा यस्ता समस्या
विश्वविद्यालयले ‘लङ कोरोना’को कुनै परिषाभा दिएको छैन । सामान्य रूपमा कोरोना नेगेटिभ भएका व्यक्तिमा पछि देखिने स्वास्थ्य समस्यालाई नै ‘लङ कोरोना बिरामी’ भनेको छ । कोरोना भाइरस शरीरभित्र प्रवेश गरेपछि कुनै न कुनै अंगमा असर हुने विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ । यस किसिमका व्यक्ति धेरैजसो समय थकित हुने गर्छन् । 

कुनै एउटा विषयमा लामो समयसम्म विचार गर्ने तथा सोच्ने क्षमतामा कमी आउन सक्ने लन्डन विश्वविद्यालयले जनाएको छ । महिलाहरूको हकमा महिनावारी समयमै नहुन सक्छ । छालामा केही परिवर्तन आउने तथा मुटुको चाल कमजोर हुन सक्ने उल्लेख छ । विश्वविद्यालयले कोरोना भाइरसमाथि विजय प्राप्त गरेका व्यक्तिले नियमित रूपमा स्वास्थ्य र मुटुको परीक्षण गर्नुपर्ने सल्लाह दिएको छ । ‘कोरोना नेगेटिभ आएका व्यक्ति ढुक्कसाथ बस्नुहुँदैन, उनीहरूले न्युरोसाक्याट्रिक तथा न्युरोलोजी विज्ञसँग परामर्श लिनुपर्छ,’ लन्डन विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ । 

विश्वविद्यालयका न्युरो वैज्ञानिक एथेना अक्रमीले नेगेटिभ आएका व्यक्तिहरूमा पुनः कोरोनाको लक्षण बिस्तारै देखिनसक्नेसमेत चेतावनी दिएका छन् । ‘सुरुमा नेगेटिभ आएका व्यक्ति पुनः कोरोना संक्रमित हुन सक्छन्, यसकारण यस्ता प्रकृतिका बिरामीहरूले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ, जसबाट उपचार गर्न सजिलो हुन्छ,’ न्युरो वैज्ञानिक एथेनाले भने । अहिलेसम्मको अनुसन्धानमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्ति ३५ सातासम्म सुरक्षित रूपमा बस्नुपर्ने एथेनाको भनाइ छ ।