१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३० बुधबार
  • Friday, 04 July, 2025
२o७८ असार ३० बुधबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाको आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ३० बुधबार १५:३१:oo

गैँडाको आक्रमणबाट भरतपुर– १३, उज्ज्वलनगरकी सुनिता परियार गम्भीर घाइते भएकी छिन् । बुधबार बिहान साढे ८ बजे घरनजिकैको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनमा बाख्राका लागि घाँस काट्न गएकी उनलाई गैँडाले आक्रमण गरेको थियो ।

परियारको देब्रे स्तनमा गहिरोे चोट लागेको छ । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गैँडाले आक्रमण गरेको थाहा पाएपछि स्थानीयवासीले उद्धार गरेर अस्पताल पठाएको  बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनकी अध्यक्ष ज्ञानु सुनारले जानकारी दिइन् ।