१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २५ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २५ शुक्रबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २५ शुक्रबार o८:३६:oo

विकास बैंक, वाणिज्य बैंक, फाइनान्स, माइक्रो फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

असारको सुरुदेखि नै ओरालो लागेको नेप्से नयाँ आर्थिक वर्षको सुरुवातनजिक आइपुग्दा सकारात्मक हुने संकेत देखिएको छ । बिहीबार नेप्से २४ अंकले बढेर सकारात्मक संकेत दिएको हो । 

अझै पनि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेर नयाँ आर्थिक वर्षपछि सेयर बजारमा सक्रियता बढाउने पक्षमा रहेका छन् । मौद्रिक नीतिले पनि बजारलाई प्रभाव पार्ने हुँदा केही लगानीकर्ताको ध्यान त्यतातर्फ पनि मोडिएको विश्लेषकहरू बताउँछन् । नेप्से बढेसँगै ओरालो लागेको सेयर खरिद–बिक्री रकममा पनि केही सुधार देखिएको छ । जसलाई विश्लेषकहरू सकारात्मक पक्ष भएको बताउँछन् । सेयर बजारलाई कारोबार भ्यालुका आधारमा पनि कतिपय विश्लेषकले बजारको भविष्य थाहा पाउन सकिने बताउँछन् ।

बिहीबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २३ कम्पनीको १ करोड ३१ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको २१ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख रुपैयाँ, एनआइसी एसिया बैंकको १६ करोड ७९ लाख रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १४ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूूहमध्ये ११ वटा समूूहको सेयर मूल्य बढेको छ भने ट्रेडिङ र अन्य समूूहको सूचक भने नकारात्मक रहेको छ । फाइनान्स, विकास बैंक, जलविद्युुत् समूहका लगानीकर्ताले साताको अन्तिम कारोबारका दिन नाफा आर्जन गर्न सफल भएका छन् ।

बिहीबार नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २ हजार ८ सय २५ दशमलव ११ बिन्दुुमा पुगेर बन्द भएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४१ अंकले बढेर ५ सय २९ दशमलव ६६ बिन्दुमा पुगेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ ।  कम्पनीको सो दिन ९ दशमलव ४७ प्रतिशतले सर्किट मूल्यमा कारोबार भएर ४१ रुपैयाँले बढ्दै प्रतिसेयर मूल्य ४ सय ४७ रुपैयाँ पुगेको छ । जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनियन हाइड्रोपावर, मल्टिपर्पाेज फाइनान्स कम्पनीको करिब ६ प्रतिशतले बढ्दा यी कम्पनीका  लगानीकर्ताले उल्लेख्य नाफा आर्जन गर्न सफल भएका छन् ।

सबैभन्दा धेरै घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । यसको ३ दशमलव ६१ प्रतिशतले सेयर मूल्य घटेको छ भने दूरसञ्चार, सिइडिबी हाइड्रो कम्पनीको १ प्रतिशतले घटेको छ । 

ad
ad
ad
ad