१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमिकस क्युरी सदस्य पाठकको राय– विघटन सदर भएर निर्वाचनअघि सबै बालिग नागरिकलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउने आदेश होस्

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५८:oo

एमिकस क्युरी सदस्य तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले प्रतिनिधिसभा विघटन सदर भएर निर्वाचनअघि सबै बालिग नागरिकलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउने आदेश गर्न संवैधानिक इजलासलाई सुझाब दिएकी छिन् । सोमबार बहसको क्रममा पाठकले भनिन्, ‘संविधानको धारा ७६ को उपधारा (५) मा भनिएको आधार जाँच्ने विवेक राष्ट्रपतिमा छ । यसमा अदालत प्रवेश गर्नु उचित हुन्न । संविधानले यो–यो आधार भनेकै छैन ।’

दलभित्रै रहेर अमूक नेताको निर्देशनविपरीत अहिले स्वतन्त्र छौँ भनेर सांसदहरू आएको, तर संविधानले त्यो परिकल्पना नगरेको पाठकको राय छ । पार्टीका सांसदलाई स्वतन्त्र भनेर व्याख्या भए त्यो अपव्याख्या हुने उनले बताइन् । 

यसअघि एमिकस क्युरी सदस्य तथा वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले संविधानको धारा ७६(३) अनुसारको प्रधानमन्त्री नियुक्ति नै गलत भएको बताएका थिए । ‘७६(२) अनुसार विश्वासको मत गुमाएकोलाई कुन ऐन, कानुन, संविधानको आधारमा फेरि प्रधानमन्त्री नियुक्त गरियो ? ३० वैशाखको नियुक्तिको स्रोत के हो भनेर अदालतले सोध्नुप¥यो ।’
 

ad
ad