१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बारपाक सुलिकोट र अजिरकोट जोड्ने पक्की पुल भासियो, बारपाक सडकखण्ड पुर्णरुपमा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo

लगातारको वर्षापछि आएको बाढीका कारण बारपाक सुलिकोट र अजिरकोकट जोड्ने पक्की पुल भासिएको छ । दरौदीमा खोलामा शुक्रबार राती आएको बाढीले पुल भासिएपछि आउजाउ ठप्प बनेको बारपाकका स्थानीय जीत बहादुर घलले जानकारी दिए ।

‘हिजो दिउँसो देखि ठुलो पानी परेको थियो । राती दरौदीमा खोलामा आएको बाढी बालुवापट्टिको कुनाबाट छिरेको रहेछ । त्यसले बालुवा तिरको भाग सर्लक्कै लगेछ,’ उनले भने । पक्की पुलको बालुवापट्टि साइटमा बाढीले धेरै क्षति पुर्‍याएको उनको भनाइ छ ।

बालुवामा रहेका पुल भासिएपछि उत्तरी गोरखा बारपाक, लाप्राक र गुम्दा जाने सडक पुर्णरुपमा अवरुद्ध बनेको छ । ‘अव बारपाक, लाप्राक, गुम्दा जाने सबै बाटो बन्द भयो । वैकल्पिक बाटो छैन । खोला तरेर जान सक्ने अवस्था छैन । माथिबाट आएको मान्छे माथि नै थुनियो,’ उनले भने । पुल नबन्दा सम्म तत्काल आउजाउ गर्ने बाटो पुर्णरुपमा अवरुद्ध बनेको उनले बताए ।

‘तत्काल तलपट्टिबाट ढुङ्गाहरु थुपारेर माथि ग्याबिन जाली लगाएर पुल बराबरको माटो थुपार्न सकियो भने आउन गर्न सकिन्छ, नत्र भने त अरु उपाय नै छैन । पानी परेको परै छ । अँझै  कहिलेसम्म पर्ने हो थाहा छैन ,’ उनले भने । 

ad
ad