१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १६ बुधबार
  • Friday, 05 July, 2024
लन्डन
२o७८ असार १६ बुधबार oo:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o७८ असार १६ बुधबार oo:o९:oo

इंग्ल्यान्ड चालू युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । घरेलु मैदान वेम्बलीमा इंग्ल्यान्डले तीनपटकको पूर्वविजेता जर्मनीलाई २–० ले हराउँदै अन्तिम आठको स्थान सुरक्षित गरेको हो । अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि स्विडेन र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।  

इंग्ल्यान्डको सानदार जितमा कप्तान ह्यारी केन र रहिम स्टेर्लिङले एक–एक गोल गरेका थिए । इंग्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलपछि मेजर फुटबल प्रतियोगिताको नकआउट चरणमा हराएको यो पहिलोपटक हो । उक्त कीर्तिमान रच्न इंग्ल्यान्डले ५५ वर्ष प्रतीक्षा ग¥यो । प्रशिक्षक साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले जर्मनीमाथि इतिहास रच्दा वेम्बलीमा ४० हजार घरेलु समर्थकको खुसीको सिमाना नै रहेन । 

युरोकपमा जर्मनीले ६ पटक फाइनल खेल्दा तीनपटक उपाधि जितेको छ । जर्मनीको हारसँगै ‘ग्रुफ अफ डेथ’का सबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । यसअघि प्रिक्वार्टरफाइनलमा फ्रान्स र पोर्चुगल बाहिरिएका थिए । जर्मनीले युरोकप अन्तिमपटक सन् १९९६ मा जितेको थियो । इंग्ल्यान्डसँगको हारसँगै जर्मनी टोलीका प्रशिक्षक जोचिम लोउको यात्रा पनि टुंगिएको छ । 

एकदशक भन्दा लामो अवधि जर्मनी टोलीलाई सम्हालेका प्रशिक्षक लोउले यो प्रतियोगिता नै अन्तिम हुने घोषणा गरेका थिए । उनको प्रशिक्षणमा जर्मनीले १९८औँ खेल खेल्यो ।

इंग्लिस प्रशिक्षक साउथगेटले जर्मनीविरुद्ध ३–४–३ रणनीति अपनाएका थिए । जर्मनीले ३–४–२–१ रणनीति लागू गरेको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ७५औँ मिनेटमा इंग्ल्यान्डले १–० को अग्रता लियो । स्टेर्लिडले डिबक्सभित्र उत्कृष्ट फिनिसिड गर्दै गोलरक्षक नुएरलाई मौका नै नदिई इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । स्टेर्लिङलाई डिबक्सभित्र लुक साउले पास दिएका थिए । 

खेलको ८५औँ मिनेटमा कप्तान केनले चालु युरोकपमा आफ्नो व्यक्तिगत पहिलो गोल गर्दा इंग्ल्यान्ड २–० ले अघि बढ्यो । मध्यान्तरपछि मैदानमा छिरेका ज्याक ग्रेथलिसले बायाँ साइडबाट निकालेको सटिक क्रसमा केनले ६ यार्ड बक्सबाटै हेडिङ गोल गर्दै इंग्ल्यान्डको क्वार्टरफाइनल यात्रा पक्का गरे । 

जर्मनीले खेलको ८१औँ मिनेटमा बराबरीको सुन्दर अवसर गुमाएको थियो । इंग्लिस डिफेन्डरको अनमार्कमा रहेका थोमस मुलरले ३० यार्डदेखि उत्कृष्ट ड्रिब्लिङ गर्दै डिबक्स भित्रसम्म बल लगेका थिए । लगभग गोलरक्षक जोर्डान पिकफोडविरुद्ध वान भर्सेज वानको अवस्थामा उनले प्रहार गरेको बल पहिलो बार नजिक हुँदै बाहिरियो । 

खेलको आठौँ मिनेटमा जर्मनीले इंग्ल्यान्डको डिबक्स लाइन अगाडि नै फ्रिकिक प्रहार गर्न अवसर पाएको थियो । 

जर्मन स्ट्राइकर केइ हाभेट्र्जले प्रहार गरेको फ्रिकिक इंग्लिस डिफेन्डर डिक्लिन राइसले ब्लक गरी संकट टारे । खेलको १५औँ मिनेटमा स्टेर्लिङले पोष्टभन्दा २५ यार्ड टाढाबाट दोस्रो बारमा उत्कृष्ट बल प्रहार गरेका थिए । जर्मन गोलरक्षक नुएरले त्यतिकै उत्कृष्ट ढंगले डाइभ गर्दै स्ट्रलिङको गोल प्रयास विफल पारे । 

जर्मनीले खेलको ३२औँ मिनेटमा राम्रो अवसर पाएको थियो । हाभेट्र्जले निकालेको पासमा टिमो वेर्नरले सानो डिबक्सबाट प्रहार गरेको बललाई इंग्लिस गोलरक्षक पिकफोर्डले डाइभ गरी बचाए । पहिलो हाफमा जर्मनीले डरलाग्दो आक्रमण गरेको यो पहिलोपटक थियो । इंल्यान्डका कप्तान केनले मध्यान्तर हुनु थोरै सेकेन्ड अगाडि अग्रता दिलाउन चुके । केनले ६ यार्ड बक्सभित्र बल नियन्त्रण लिन नसक्दा इंग्ल्यान्डले उत्कृष्ट अवसर खेर फाल्यो । 

खेलको ४७औँ मिनेटमा इंग्लिस गोलरक्षक पिकफोर्डले अति नै उत्कृष्ट बचाउ गरे । जर्मन स्ट्राइकर हाभेट्र्जले डिबक्स लाइनबाट बायाँ खुट्टाले प्रहार गरेको बललाई गोलरक्षकले क्रसबारमा पन्च गरेका थिए । 
 

ad
ad
ad
ad