१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले कुलो पुरिएपछि सिंगो गाउँ नै रोपाइँबाट वञ्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:३५:oo

 मुगुको पश्चिम खत्याड गाउँपालिका– ८ मा रहेको आमगाउँका किसान यो वर्ष रोपाइँबाट वञ्चित भएका छन् । लगातारको वर्षाका कारण सिँचाइ कुलो पहिरोले थुनिएपछि यो वर्ष किसानहरूले पानी अभावका कारण समयमै रोपाइँ गर्न नपाउने भएका हुन् ।  

विगतका वर्षमा असार १५ कै दिन रोपाइँ सुरु हुने यस गाउँमा यो वर्ष भने पुरै खेतहरू बाँझो बनेका छन् । ३४ घरधुरी रहेको यस गाउँका किसानको वर्षभरि खान पुग्ने खेतहरू बाँझो हुँदा के खाने भन्ने चिन्तामा छन् । 

कुलो बनाउन अनेक प्रयत्न गर्दा पनि कुलो बन्न नसक्दा किसानले सुक्खा खेतमा धानको बिउ राखेका छन् । करिब दुई सय मिटरभन्दा बढी ठाउँमा पहिरोले कुलो पुरेको छ ।  

सडक निर्माणको नाममा जथाभावी डोजर प्रयोग गरिँदा र समयमै दैवी प्रकोप जोखिम न्यूनीकरणबारे स्थानीय सरकारको ध्यान नपुग्दा किसानकाे गाँस खोसिने अवस्था बनेको छ ।  


 

ad
ad