१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आन्तरिक उडानको तयारी तीव्र, एक घन्टामा पाँच उडान मात्रै अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४९:oo

एयरलाइन्सहरू आफैँले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ ।

सरकारले आउँदो बिहीबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयारी तीव्र पारेको छ । विमानस्थलले सुगम क्षेत्रमा प्रतिघन्टा पाँचवटा मात्रै उडान गर्न दिने भएको छ । स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै जोखिम कम गर्न घण्टामा पाँचवटा मात्रै उडान गर्न लागिएको हो । पहिलो चरणमा जहाजले क्षमताको ५० प्रतिशत मात्रै उडान गर्ने भएको छ । 

ट्रंक रुटमा विभिन्न वायुसेवा कम्पनीका ठूला किसिमका जहाज (एटिआर–७२, टर्बोप्रोप क्यु–४००) प्रयोग हुँदै आएका कारण प्रत्येक १० मिनेटको अन्तरालमा उडान गर्ने तालिका तयार पारिएको छ । निषेधाज्ञाअगाडि दैनिक अधिकतम १ सय ३० उडान हुँदै आएकोमा दोस्रो लहरमा जारी भएको निषेधाज्ञापछि ६३ उडान गर्ने तयारी गरिएको छ । 

मन्त्रिपरिषद्को निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ असारदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो । नागरिक उड्डयन प्राधिकरणले उडान समयतालिका र उडान संख्या निश्चित गरिदिएलगत्तै आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुणलगायत वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गरेका छन् । सबैजसो एयरलाइन्सले टिकट बुकिङ खुलाएका छन् । 

कुल उडान संख्यामध्ये ५० प्रतिशतसम्म मात्र उडान गर्ने गरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी उडान सञ्चालन गरिने उनले जानकारी दिए । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ ।  

एयरलाइन्सहरू आफैँले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ । साबिककै उडानतालिकाको ५० प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरूसँग नयाँ आवदेन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन । 

लामो समयपछि सरकारले आन्तरिकतर्फको हवाई उडान सञ्चालनमा ल्याउने तयारी गर्दा कम्पनीहरूले पनि स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सेवा सुरु गर्ने तयारी गरिसकेका छन् । विमानस्थलले उडानतालिका फेरबदल गरेर भिड घटाउने उपाय लगाए पनि मौसमका कारण हुने ढिलाइमा भने चेक–इनमै यात्रु सीमित संख्यामा प्रवेश दिनुपर्ने देखिएको छ । वर्षाको समय सडक यातायातभन्दा यात्रुको रोजाइ हवाई सेवा हुने गरेको छ । बारम्बार मौसम प्रतिकूल हुँदा उडान समय सर्ने गरेको छ ।  

ad
ad