Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ११ शुक्रबार ०८:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

असारअघि बेनेली बुक गर्नेलाई उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ११ शुक्रबार ०८:५०:००

इटालियन दुईपांग्रे सवारीसाधन बेनेलीको ३०२ एस मोडेल असारभित्रमा बुक गर्नेले उपहार पाउने भएका छन् । कम्पनीले एजिभी हेल्मेट वा १० हजार रुपैयाँबराबरको पर्फमेन्स किट उपहारमा दिने भएको हो । 

बेनेलीको ३०२ एस विशेष गरी युवापुस्ताका लागि डिजाइन गरिएको मोडल भएको कम्पनीले जनाएको छ । २ वटा सिलिन्डर, आधुनिक स्पोर्ट डिजाइन तथा एलइडी हेडलाइटले गर्दा यसलाई अरूभन्दा फरक बनाएको कम्पनीको दाबी छ । विद्युतीय इन्जेक्सन, डबल ओभरहेड क्यामसाफ्ट टाइमिङ, ४ वटा भल्भ र सस्पेन्सनमा अगाडि हाइड्रोलिक फोर्कमा ४१ एमएमको डाइमिटरको सहायताले मोडहरूमा पछाडिको अब्जभरले आफैँ व्यवस्थित गर्ने जनाइएको छ । 

यसको अगाडिको ब्रेकमा २६० एमएम ब्यासको डबल डिस्क प्रयोग गरिएको छ भने पछाडिको पांग्रामा २४० एमएमको डबल डिस्क रहेको कम्पनीले जनाएको छ । यसको पेट्रोल ट्यांकीको क्षमता १६ लिटर रहेको र डिसप्लेसमेन्ट क्षमता ३०० सिसीको रहेको छ ।

बेनेलीको उत्कृष्ट प्रविधिले चालकहरूलार्ई सम्पूर्ण सुविधा, सुरक्षा र सवारीको आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ । नियोन, सेतो र कालो रङमा उपलब्ध यो मोटरसाइकल सेतो र कालो रङको मूल्य ९ लाख ३५ हजार रुपैयाँ र नियोमन मोडलको ९ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।