१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १० बिहीबार
  • Thursday, 03 July, 2025
अमुल थापा काठमाडाैं
२o७८ असार १० बिहीबार १२:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञा खुकुलो भएसँगै न्युरोड र असनमा जे देख्यौं (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार १० बिहीबार १२:२९:oo

सरकारले उपत्यकामा   मंगलबारबाट निषेधाज्ञा खुकुलो बनाएसँगै बजारमा मानिसको चहलपहल बढेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेसँगै सपिङ मल, फेन्सी, गरगहना पसल, खेलकुद सामग्री, स्टेसनरी, विद्युतीय उपकरण, निर्माण सामग्री, टायल, मार्बल फर्निचरलगायतका व्यापाररव्यवसाय खुलेका छन् ।

 सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङका पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । 

काठमाडौंको अतिव्यस्त सहर असन र न्युरोडमा पनि मानिसको चलहपहल बिस्तारै बाक्लिँदै गएको छ । बुधबार असन र न्युरोड क्षेत्रमा देखिएका केहि दृश्य :