नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव– २०७८ कोभिड– १९ का कारण बुधबार भर्चुअल रूपमा हुँदै छ ।
प्रतिष्ठानको ६४औँ वार्षिकोत्सवका अवसरमा आह्वान गरिएको पूर्वसूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्यांकन समितिको छनोटमा परेका ४१ कविता वाचन हुनेछन् ।
वाचनका लागि १० प्राप्तांक कायम गरिएको तथा वाचनअघिको मूल्यांकनलाई वाचनको प्राप्तांकमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतवप्रसाद उपाध्यायले जानकारी दिए ।