मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ६ आइतबार १७:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुक तरल राजनीतिक संकटमा छ, कांग्रेसले निकास दिनुपर्छ : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ६ आइतबार १७:४६:००

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले मुलुक तरल राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै त्यसलाई कांग्रे्रेसले मात्रै निकास दिन सक्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा आइतबार बागमती र गण्डकी प्रदेशका पदाधिकारी एवं केन्द्रीय सदस्यहरूसँग छलफलका क्रममा सभापति देउवाले महाधिवेशनले पार्टीलाई मात्रै नभएर मुलुकलाई नै निकास दिने नेतृत्व दिन सक्नुपर्ने बताएका हुन् । 

देउवाले नेताहरूलाई आफू पुनः सभापतिका लागि तयार भएको भन्दै त्यसका लागि वातावरण तयार गर्न आग्रह गरे । नेताहरूसँगको भेटमा देउवाले आफ्नो उम्मेदवारीबारे ब्रिफिङ गर्दै अघि भने, ‘म १३औँ महाधिवेशनबाट सभापति भएँ । तर, अघिल्लो आमनिर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टीहरू एक भएर चुनाव लडे । हामीले राम्रो भोट पाए पनि सिटसंख्या थोरै मात्रै जित्यौँ । संगठन बलियो र लोकप्रिय हुँदाहुँदै पनि चुनाव हाम्रो पक्षमा रहेन, अहिले कम्युनिस्टहरूले देश चलाउन सकेनन् । मुलुकको संविधान र लोकतन्त्रमाथि नै संकट पैदा भएको छ । चरम राजनीतिक संकटको अवस्था छ । कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको थियो । अब यो संकटबाट मुलुकलाई निकास दिने पनि कांग्रेसले नै हो । त्यसैले अझै एकपटक मैले पार्टीको नेतृत्व गर्न चाहेको छु । म पार्टी र मुलुकलाई एउटा दिशामा अघि बढाएर मात्रै विश्राम लिन चाहन्छु ।’

देउवाले अहिलेको अप्ठ्यारोबाट मुलुकलाई निकास दिन आफूसँग अनुभव र क्षमता दुवै भएकाले सकेसम्म महाधिवेशनलाई एकताको महाधिवेशनमा परिणत गर्न भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन् । ‘सकेसम्म सर्वसम्मत रूपमा नभए महाधिवेशनको भोलिपल्टबाट सबैलाई समेटेर एकताबद्ध बनाएर अघि बढाउने नेतृत्व आउनुपर्छ, म त्यसका लागि सक्षम छु,’ देउवाले भनेको उद्धृत गर्दै एक नेताले भने । 

आइतबारको भेटमा बागमती र गण्डकीका नेताहरू डा. प्रकाशशरण महत, डिना उपाध्याय, सुरेन्द्रराज पाण्डे, चीनकाजी श्रेष्ठ, अम्बिका बस्नेत, शिवप्रसाद हुमागाईं, टिएन योगी, ध्रुव वाग्ले, शंकर भण्डारी, विष्णुविक्रम थापा, किरण गिरीलगायत केन्द्रीय सदस्यहरू सहभागी थिए ।