१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ४ शुक्रबार
  • Sunday, 06 July, 2025
२o७८ असार ४ शुक्रबार १३:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिकामाथि सामूहिक बलात्कार गर्ने एक आरोपी १४ वर्षपछि पक्राउ  

हत्या आरोपी चार जना पूूर्वपक्षका लागि जेल चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ४ शुक्रबार १३:३५:oo

सप्तरीमा बालिकामाथि सामूहिक बलात्कारका फरार एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।  फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका– ३ बस्ने जोगिन्द्र भनिने ओमप्रकाश मुखिया रहेका छन् । उनलाई सप्तरी प्रहरीले बुधबार राति उनकै गाउँबाट पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ९ असोज ०६४ मा गाउँकै एक १० वर्षीया बालिका बाख्रा चराउन गएको वेला सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेका मुखिया घटनाको वेलादेखि फरार रहेका थिए । सो घटनामा संलग्न आरोपीहरूलाई  जिल्ला अदालत सप्तरीले ५ असार ०७५ मा जनही १३ वर्ष कैद फैसला गरेको थियो । पक्राउ परेका मुखियालाई बिहीबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि सप्तरी कारागार पठाएएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको डिएसपी काफ्ले जानकारी दिए ।

हत्या आरोपी चारजना पुर्पक्षका लागि जेल चलान
सप्तरी रुपनी गाउँपालिका–१ रायपुरस्थित रुपनीबाट राजविराजतर्फ जाने सडक खण्डमा गत जेठ ६ गते स्थानीय ५० वर्षीय रामदल यादवको हत्या आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला अदालत सप्तरीले पूर्वक्षका लागि कारागार चलान गरेको छ ।

रुपनी गाउँपालिका– १ का ३० वर्षीय विनय यादव, सोही वडाका ३० वर्षीय मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खड्क नगरपालिका– ५ बस्ने  ३१ वर्षीय महेशकुमार पासवान समेतले यादवलाई भुइँमा लडाई लछारपछार गरी घरेलु धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर चोट लागी मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले  जानकारी दिए । 

प्रहरीले आरोपीहरूलाई घटनास्थलबाट पक्राउ गरिएको दाबी गरेका छन् । प्रहरीले गत जेठ ६ गते नै सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी बिहीबार अनुसन्धान कार्य पुरा गरी अदालतमा उपस्थित गराएका थिए । जिल्ला अदालतले चारजना प्रतिवादीहरूलाई पुर्पक्षका लागि  जिल्ला कारागार सप्तरी पठाइएको डिएसपी काफ्लेले जनाए ।