१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ असार १ मंगलबार २०:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्बको बजेट (पूर्णपाठसहित)

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ असार १ मंगलबार २०:०६:००

कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । 

आगामी आर्थिक वर्ष प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्नका लागि कुल विनियोजितमध्ये पुँजीगततर्फ रु. २१ अर्ब ६५ करोड ३९ लाख १५३ हजार र चालूतर्फ रु. ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तीय हस्तारणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री शर्माले जानकारी दिए ।

किसानलाई दूधमा अनुदान
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७८÷७९ को बजेटमा दूधमा अनुदान दिने भएको छ । किसानले उत्पादन गरेको दूधमा अनुदान दिने भएको हो । पशुपालनका लागेका किसानले दुग्धजन्य वस्तुको उत्पादनका वृद्धि गर्नका लागि कालिकोट, मुगु, हुम्ला, डोल्पा, हुम्ला जिल्लाका किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान र अन्य जिल्लाका किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने आर्थिक मामिला तथा योजनामन्त्री शर्माले बताए । 

सहिदका परिवारलाई स्नातक तहसम्म निःशुल्क पढाउने
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट प्रस्तुत गर्दै आर्थिक सहिदका परिवारलाई निःशुल्क पढाउने भएको छ । मामिला तथा योजनामन्त्री शर्माले कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका परिवारका सन्तानलाई स्नातक तहसम्म निःशुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको बताए ।
प्रदेश सरकारले विद्यालय क्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय तहमा एक नमुना विद्यालय सञ्चालन गर्ने भएको छ । जसका लागि ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

कर्णालीमा खेल पूर्वाधार निर्माण गर्न ५९ करोड विनियोजन
कर्णाली प्रदेश सरकारले प्रदेशको खेलकुद क्षेत्रको विकास निर्माणका लागि ५९ करोड बजेट विनियोजन गरेको छ ।  प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री शर्माले संघ सरकारको सहयोगमा सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गरिने बताए । साथै, रुकुम पश्चिमको चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार कभर्ड हल निर्माणका लागि स्थानीय तहसँग सहकार्य गरिने बताए ।