१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २९ शनिबार १०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको हत्या गर्ने विषयको अभिव्यक्ति आपत्तिजनक छ : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २९ शनिबार १०:५४:००

बागमती प्रदेश सभाको शुक्रबारको बैठकमा एक प्रदेश सदस्यले प्रधानमन्त्री केपी ओलीको हत्या गर्ने विषयमा दिएको  धम्कीप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै उक्त धम्कीलाई पार्टीले गम्भीर रूपमा लिएको जनाएका हुन् । उनले प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको अभिव्यक्ति दिनु आपराधिक, आपत्तिजनक र निन्दनीय रहेको जनाएका छन् ।

उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै सम्बन्धित राजनीतिक दलको पनि ध्यानाकर्षण गराएका छन् ।