मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २६ बुधबार १६:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड संक्रमितले बेच्दै गरेको घरेलु मदिरा नष्ट

Read Time : < 1 मिनेट
२०७८ जेठ २६ बुधबार १६:१७:००

काभ्रेस्थित नमोबुद्ध नगरपालिकामा कोभिड– १९ संक्रमितले बेच्दै गरेको अवस्थामा घरेलु मदिरा नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ । नमोबुद्ध नगरपालिका–४ का एक परिवारले बिक्री–वितरण गरिरहेको घरेलु मदिरा बुधबार प्रहरीले बरामद गरी नष्ट गरेको हो । 

उक्त परिवारका सदस्यमा कोभिड–१९ संक्रमण देखिएको थियो । संक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाका आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुन्डेको टोली अनुगमन गरी मदिरा नष्ट गरेको नगरपालिकाका प्रेस सल्लाहाकार विनोद न्यौपानेले जानकारी दिए । एक सय २० लिटर घरेलु मदिरा बरामद गरी प्रहरीचौकी भकुन्डेमा नष्ट गरिएको न्यौपानेले जानकारी दिए ।

टोलीमा नमोबुद्ध नगरपालिका–४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, प्रहरीचौकी भकुन्डेका इन्चार्ज अशोक महतोलगायत सहभागी थिए । मदिरा बिक्री गर्ने उक्त परिवारका सदस्यलाई भने आइन्दा अवैध काम नगर्न चेतावनी दिएर छाडिएको छ । 

निषेधाज्ञाको उल्लंघन गर्दै अवैध रूपमा मदिरा बिक्री–वितरण गर्ने गरेको सूचना आएको र त्यसको अनुगमन तीव्र बनाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिलाई होम आइसोलेसनमा बस्न र कुनै स्वास्थ्य समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ ।