१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक भट्ट रामेछाप
२०७८ जेठ २६ बुधबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापको बेथानमा जिप दुर्घटना हुँदा ६ जना घाइते

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ जेठ २६ बुधबार १२:०२:००

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको लोप्राङमा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् । बुधवार बिहान करिब ११ बजेतिर प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको सिंगल क्याप बलेरो जिप दुर्घटना भएको हो ।  

उक्त जिप सुनापति ४ बेथानको लोप्राङबाट बेथानकै डहुतर्फ जाँदै गर्दा लोप्राङको सडकबाट करिब ७० मिटर तल भिरमा खसेको थियो । सो जिपमा सवार ६ जनाको स्थानीय र बेथान प्रहरीचौकीबाट खटिएका प्रहरीले उद्धार गरेका थिए । हाल सबै घाइतेको बेथान स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अहिलेसम्म घाइतेको अवस्था सामान्य रहेको देखिन्छ । घटना भर्खरै मात्र भएकाले घाइतेको उद्धारको काम सकिएको छ । गाडीचालक सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको प्रवक्ता श्रेष्ठले बताए । 

कोरोना महामारीको समयमा गाउँपालिकाभित्र कुनै पनि सवारीसाधन सञ्चालन नगर्न सार्वजनिक सूचनामार्फत जानकारी गराउँदासमेत सूचनाको बेवास्ता गर्दै सवारीसाधन सञ्चालन गर्ने व्यक्तिलाई आवश्यक कारबाही गर्ने सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले जानकारी दिए ।