फ्रान्स सरकारले नेपाललाई अनुदानमा दिएको कोभिड– १९ रोकथामको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।