मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १८ मंगलबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोट कांग्रेसले बनायो २२ बेडको आइसोलेसन कक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १८ मंगलबार १८:१६:००

नुवाकोट कांग्रेसले आफ्नो कार्यालयमा २२ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण भई अक्सिजनको अभाव र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका बिरामीहरूका लागि पार्टीको कार्यालयमा २२ बेडको आइसोलेसन कक्ष सञ्चालन गरिएको सभापति जगदीश्वरनरसिंह केसीले बताए ।

‘अहिले २२ बेड छन्, २० वटा अक्सिजन सिलिन्डर र कन्सल्ट्रेटरसहित नियमित स्वास्थ्यकर्मीको निगरानीको व्यवस्था मिलाएका छौँ,’ केसीले भने, ‘अब जिल्लामा हुने संक्रमितको उपचारका लागि केही हदसम्म सहज हुने अपेक्षा गरेका छौँ ।’

उनले जिल्लामा अहिले संक्रमणको दर कम हुँदै गएको, तर आइसोलेसन कक्ष नियमित सञ्चालनमा राखिने बताए । ‘कोरोना कहिले सकिन्छ भन्ने केही ठेगान भएन, अब तेस्रो भेरियन्टको चर्चा सुरु भइसकेको छ, त्यसैले हामीले यसलाई नियमित सञ्चालन गर्छौँ,’ उनले भने । उनका अनुसार आइसोलेसन कक्षलाई होल्डिङ सेन्टरका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । 

आइसोलेसन कक्ष सञ्चालनका लागि कांग्रेस नेता अर्जुननरसिंह केसीले १५ थान अक्सिजन सिलिन्डर र नुवाकोट–काठमाडौं सम्पर्क समितिका अध्यक्ष पदमराज पौडेलमार्फत अस्ट्रेलियामा बस्ने नेपालीहरूबाट १६ थान बेड सहयोग गरेका छन् । आइसोलेसन सञ्चालनमा अन्य व्यवसायी र नेताहरूको समेत सहयोग छ । 

यस्तै, नुवाकोट उद्योग वाणिज्य संघआबद्ध व्यवसायीले एम्बुलेन्स र बिरामीहरूका लागि खानाको प्रबन्ध गरिदिएको सभापति केसीले जानकारी दिए ।