१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ १८ मंगलबार १५:५४:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चीनबाट आइपुग्यो नौ लाख डोज खोप  (फोटोफिचर)

Read Time : > 1 मिनेट
२०७८ जेठ १८ मंगलबार १५:५४:००

चीनले अनुदानमा उपलब्ध गराएको १० लाखमध्ये नौ लाख आठ सय डोज मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको चार्टर विमानले बेइजिङबाट आठ लाख डोज खोप ल्याएको हो भने एक लाख आठ सय डोज खोप कुन्मिङबाट हिमालय एयरलाइन्सले ल्याएको हो । बाँकी ९९ हजार दुई सय डोज पनि बुधबार काठमाडौं आइपुग्दै छ । 

खोपसँगै त्यत्तिकै संख्यामा खोप लगाउने सुई पनि चीन सरकारले उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपसहितका सामग्री बुझेका छन् । अन्य मुलुकबाट आएका स्वास्थ्य सामग्री बुझ्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी जाने गरेका थिए, तर चीनबाट आएको खोप बुझ्न भने उनी विमानस्थल गएनन् । परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङबाट आठ लाख डोज खोप आइपुग्नुअघि मंगलबार बिहान तिब्बत सरकारले पठाएको ५० हजार चार सय डोज खोप आइपुगेको थियो । साँझ थप ५० हजार चार सय डोज खोप आइपुगेको छ । 

राष्ट्रपति सी जिनपिङले १२ जेठमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट चीन सरकारले भण्डारमा खोप तयार भएको भन्दै तत्कालै लैजान नेपाललाई आग्रह गरेको थियो । तर, नेपाल एयरलाइन्सको जहाज जाने प्रक्रिया पूरा गर्न समय लागेका कारण खोप आउन एक साता लागेको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार ट्विटरमार्फत दुई मुलुकका राष्ट्र प्रमुखबीच भएको सहमतिको दु्रत गतिमा कार्यान्वयन भएको बताएकी छिन् । नेपाल सरकारले आपत्कालीन समयमा गरेको ठूलो सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएको छ ।