१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एम्बुलेन्सचालक खत्रीमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३७:oo

नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्सचालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको छ । उनलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले मंगलबार राति साढे ९ बजे कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । कुटपिटमा संलग्न व्यक्तिको पहिचानपछि बिहानैबाट खोजीकार्य तीव्र पारिएको पाण्डेयले बताए । कोभिड– १९ को महामारीका वेला ज्यान जोखिममा राखेर खटिएका एम्बुलेन्सचालकमाथि कुटपिट हुनु निकै निन्दनीय विषय भएकोले अविलम्ब दोषीउपर कारबाही गर्न संयुक्त एम्बुलेन्सचालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए ।

उनले घटनाको विषयमा संघमा अहिले छलफल भइरहेकाले दोषीलाई कारबाही नभए सोहीअनुसार आन्दोलन गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्ठले घटनाको घोर भर्त्सना गर्दै संलग्नलाई तत्काल कारबाहीको माग गरे । दिनरात कोभिडका बिरामी बोकेर गाउँ, सहर र अस्पताल दौडने एम्बुलेन्सचालकको सुरक्षाका विषयमा सरकार थप गम्भीर बन्नुपर्ने श्रेष्ठको भनाइ छ ।

ad
ad