१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीसँग देउवाले मागे समय, कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण गराउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:४२:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेटका लागि समय मागेका छन् । देउवा र ओलीबीच बिहीबार बिहान ९ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ । 

कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । भेटमा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. महतलगायतका नेतासमेत सहभागी हुनेछन् । 

बुधबार बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको ध्यानाकर्षण गराउने र त्यसका लागि राज्यको सबै स्रोत, साधन र शक्ति खर्च गर्नुपर्ने माग गरेको छ । 

यस्तै, कांग्रेसले आइतबार, सोमबार र मंगलबार सातै प्रदेशमा कोभिड– १९ को संक्रमणको अवस्थाबारे पार्टीभित्र छलफल चलाएको थियो । सो छलफलको निष्कर्षसहित महामारी नियन्त्रणमा गर्नुपर्ने कार्यहरूबारे सरकारको ध्यानाकर्षण गराइने सहमहामन्त्री डा. महतले बताए ।

ad
ad