मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ३ सोमबार
  • Thursday, 09 January, 2025
प्याट्रिक गथारा
२o७८ जेठ ३ सोमबार o७:४८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायलको औपनिवेशिक मानसिकता

आफूले शोषण गरिरहेकैबाट आफूलाई जोगाउने अधिकार छ भन्ने औपनिवेशिक इजरायलको दाबी सर्वथा अनुचित छ

Read Time : > 2 मिनेट
प्याट्रिक गथारा
नयाँ पत्रिका
२o७८ जेठ ३ सोमबार o७:४८:oo

मध्यपूर्वलाई आक्रान्त बनाइरहेको हिंसाले हृदयविदारक तस्बिर र आँकडा प्रस्तुत गरिरहेको छ । यो लेख्दै गर्दा कम्तीमा १६० जना मारिएका छन्, जसमध्ये अधिकांश प्यालिस्टिनी छन् । मारिनेमा ४१ बालबालिका छन् । यी मानिस घना आवादीयुक्त गाजा क्षेत्रमा इजरायली सेनाले गरेको बमबारी र प्यालेस्टिनी सशस्त्र समूहले इजरायली सहरमा प्रहार गरेका रकेटबाट मारिएका हुन् । यसैबीच, इजरायलभर साम्प्रदायिक हिंसा भड्किएको छ ।

इजरायलमा रकेट बर्साएकोमा अमेरिकालगायत पश्चिमी मुलुकले प्यालेस्टिनी समूहको चर्काे निन्दा गरे । तर, उनीहरूले प्यालेस्टिनी नागरिकमाथि इजरायलले गरेको बमबारी र हताहतीको निन्दा सुनिने गरी गर्न सकेका छैनन् । उनीहरूको यो द्वैध चरित्रले इजरायलको आफूलाई प्रतिरक्षाको वैधानिक अधिकार भएको भाष्यलाई नै प्रतिध्वनित गर्छ । प्यालेस्टिनी समूहबाट भएको सानो क्षति र हताहतीको घोर निन्दा गर्ने तर इजरायली बमबारीले मच्चाएको विनाशलीलामा चुप्पी साध्ने पश्चिमी मुलुकको पूर्वाग्रहपूर्ण लवजको निहितार्थ आपत्तिजनक छ ।

यद्यपि, अमेरिकी कंग्रेस वुमन अलेक्जेन्ड्रिया ओकासियो–कार्टरजस्ता केही प्रगतिशील राजनीतिज्ञहरूले भने इजरायलको स्वघोषित आत्मरक्षाको अधिकारलाई ढोंग र पाखण्डको रूपमा औंल्याएका छन् । तर, उनीहरू पनि इजरायलको दाबीलाई पूरै खारेज गर्न भने हिचकिचाउँछन् । औपनिवेशिक शक्तिहरूले निकै अघिदेखि नै मूलवासी समुदायको प्रतिरोधबाट आफ्नो प्रतिरक्षा गर्ने अधिकार आमनरसंहार गरेर नै किन नहोस्, आफूहरूलाई रहेको दाबी पस्किँदै आएका हुन् । औपनिवेशिक शक्तिहरूको यही सोचका कारण अफ्रिकी उपनिवेशको इतिहास शक्तिशाली युरोपेलीहरूको प्रतिरोध गर्न हिम्मत गर्ने अफ्रिकीहरूको लास र सामूहिक चिहानहरूले पोतिएको हो ।

बेलायती इतिहासकार क्यारोलिन एलकिन्सले आफ्नो पुस्तकमा साम्राज्यवादी बेलायतले औपनिवेशिक केन्यामा चलाएको ‘हत्यारा अभियान’को वर्णन गरेकी छिन् । बेलायतले केन्यामा सन् १९५० को दशकमा उठेको ‘माउ माउ किसान विद्रोह’ दबाउन १५ लाख किकुयुका लागि यातना शिविरहरू खडा गरेको थियो । विद्रोहमा सहभागी भएको आरोपमा शिविरमा अत्यन्त बर्बर यातना दिएर हजारौंको इहलीला समाप्त गरिएको थियो । अहिले इजरायल यही गरिरहेको छ ।

साम्राज्यवादीहरूले जसको जमिन खोसे, तिनैमाथि उसलाई आत्मरक्षाको नाममा बर्बर यातना, दमन र हत्यासमेतको अधिकार भएको ठान्ने औपनिवेशिक मानसिकताको पश्चिम अद्यापि पक्षपोषण गरिरहेको छ । सन् १९८२ मा संयुक्त राष्ट्रसंघको महासभाले संकल्प प्रस्तावै पास गरेर ‘औपनिवेशिक एवं विदेशी हस्तक्षेपबाट आफ्नो भौगोलिक अखण्डता, राष्ट्रिय एकता र मुक्तिका लागि जुनसुकै किसिमको संघर्ष गर्ने जनताको वैधानिक अधिकार’लाई स्वीकार गरेको हो ।

प्यालेस्टिनी समूहबाट भएको सानो क्षति र हताहतीको घोर निन्दा गर्ने तर इजरायली बमबारीले मच्चाएको विनाशलीलामा चुप्पी साध्ने पश्चिमी मुलुकको पूर्वाग्रहपूर्ण लवजको निहितार्थ आपत्तिजनक छ । 
 

यसर्थ, आज गाजामा पश्चिमा औपनिवेशिक शक्ति आफ्नै भूमिमा शरणार्थी भएर बाँच्न अभिशप्तहरूमाथिको आक्रमणलाई औचित्यपूर्ण ठहर्‍याउन उही दूषित आत्मरक्षाको अधिकारको रटान उपयोग गरिरहेको छ र नैतिक स्पष्टता खोज्नबाट पन्छिरहेको छ । आफ्नै भूमिमा शरणार्थी ती प्यालेस्टिनीहरू चारैतर्फबाट घेरिएको खुला जेलमा थुनिएका छन् । इजरायल शान्ति र अमनका लागि उनीहरूमाथि आक्रमण गर्ने अधिकार आफूलाई भएको दाबी गरिरहन्छ ।

पश्चिमी मिडियाले यहाँको हिंसाबारे बोल्दा इजरायली दमनको प्रतिरोधलाई नै आक्रमणका रूपमा प्रस्तुत गरिदिन्छन् । यहाँको हिंसालाई भूमि र सुरक्षाका लागि भएको द्विपक्षीय द्वन्द्वका रूपमा अथ्र्याउँछन् । यसो गरिरहँदा आफ्नो भूमिमाथिको गैरकानुनी एवं अनैतिक कब्जाविरुद्ध प्यालेस्टिनीहरूले दशकौँदेखि गरिरहेको राष्ट्रिय मुक्तिको संघर्षरलाई पश्चिमी मिडिया बेवास्ता गरिरहेका हुन्छन् ।

उनीहरू इजरायली सत्ताले थोपरेको नश्लीय एवं जातीय विभेद रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय अपराधको परिभाषासँग मिल्दो भएको भन्ने ह्युमन राइट्स वाचको प्रतिवेदनलाई समाचार बनाउँदैनन् । इजरायली प्रवक्ता मिडियामा इजरायली सेना विश्वकै नैतिक सेना भएकोमा बारम्बार जोड दिइरहन्छन् । प्यालेस्टिनी सैन्य समूहका नेताले सर्वसाधारणलाई ढाल बनाउने भएकाले तिनलाई छुट्याउन कठिन भएको तर्क पेस गर्छन् । 

पश्चिमी मिडिया हमास र अन्य प्यालेस्टिनी समूह इजरायलको वैधानिक निसाना भएको तर्क पेस गर्छन् । तिनले इजरायलको रणनीति केही हदसम्म प्रतिकूल भए पनि उसले वैधानिक लडाइँ लडिरहेको दाबी प्रस्तुत गर्छन् । ती मिडियाको यस्तो धारणा इजरायलद्वारा गरिएको विस्थापन र औपनिवेशिक प्रभुत्वविरुद्धको प्यालेस्टिनी प्रतिरोधलाई अवैधानिक करार गर्न सहयोगसिद्ध भइरहेको छ ।

ओकासियो–कार्टेजले औंल्याएजस्तै इजरायलले गरेको दमनको सन्दर्भलाई उल्लेख नगरी ऊसँग आफ्नो प्रतिरक्षा गर्ने अधिकार सुरक्षित भएको बारम्बार दोहोर्‍याइरहँदा त्यसले थप दमनलाई वैधानिकता प्रदान गरिरहेको छ । यदि पश्चिमा मिडिया, राजनीतिज्ञ र कूटनीतिज्ञहरूले साँच्चै नैतिक प्रस्टता खोज्ने हो भने तिनले पाखण्ड परित्याग गर्नुपर्नेछ । आफूले शोषण गरिरहेकैबाट आफूलाई जोगाउने अधिकार छ भन्ने औपनिवेशिक इजरायलको दाबी सर्वथा अनुचित छ । 
(गथारा नैरोबीस्थित पत्रकार, लेखक एवं कार्टुनिस्ट हुन्)अलजजिराबाट