१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २ आइतबार ०८:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमको जहाज तीन दिन लगातार बेइजिङ जाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २ आइतबार ०८:०३:००

१६ सय अक्सिजन सिलिन्डर र साढे १६ सय कन्सन्ट्रेटर ल्याउँदै

नेपाल वायुसेवा निगमको जहाज लगातर तीन दिन बेइजिङ जाने भएको छ । अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर लिन निगमको एयरबस ३३० जहाज चीन जाने भएको हो । शनिबार, आइतबार र सोमबार तीन दिन लगातार जहाज जान लागेको काठमाडौं निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

पहिलो दिन गत २८ चैतमा ४ सय थान सिलिन्डर, १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर ल्याइएको थियो । चीनले अनुदानमा दिने ३५ सय थान अक्सिजन सिलिन्डरमध्ये निगमलाई २ हजार थान सिलिन्डर ल्याउने जिम्मा दिइएको थियो । 

‘दुईवटा उडानमा ५ सय ५० थानका दरले र एक उडानमा ५ सय थान अक्सिजन सिलिन्डर तथा तीनवटै उडानमा ५ सय ५० थानका दरले अक्सिजन कन्सन्टे«टर लिएर आउनेछ,’ पौडेलले भने । तीन उडानमा १६ सय थान सिलिन्डर र १६ सय ५० अक्सिजन कन्सन्ट्रेटर ल्याइने जानकारी पौडेलले दिए । 

काठमाडौं–बेइजिङ उडान ७ घन्टाको रहेको छ । चीन सरकारले दिने ३५ सय थान अक्सिजन सिलिन्डरमध्ये १५ सय थान गाडीमार्फत आउने र बाँकी २ हजार थान निगमको जहाजमार्फत ल्याइनेछ । निगमले प्रतिघन्टा १५ हजार डलरमा जहाज चार्टर गर्न लागेको हो । 

शनिबार नै ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी जहाज ओमान गएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरूप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिएर ओमानको मस्कटबाट शनिबार नै राति आउनेछ । सोही जहाज चीनको बेइजिङ जानेछ ।  
जहाजबाटै अक्सिजन प्लान्ट ल्याउन सक्छौँ : पौडेल 

निगमका प्रबन्ध निर्देशक पौडेलले निगमले जहाजमार्फत साना र ठूला क्षमताका अक्सिजन प्लान्ट नै ल्याइदिन सक्ने बताएका छन् । ‘उद्योगी र सरकारले चाहेमा जहाजमार्फत प्लान्ट ल्याउन सकिने विज्ञहरूसँग भएको छलफलले देखाएको छ,’ उनले भने, ‘त्यसतर्फ समेत ध्यान जाओस् ।’ उनले सिलिन्डरभन्दा पनि अक्सिजन जेनेरेटर प्लान्ट ल्याउन प्राथमिकता दिनुपर्ने पनि बताए । एयरबस ३३० जहाजको एक उडानमा कति प्लान्ट ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरेर अगाडि बढ्ने हो भने सहज हुनेसमेत उनले बताए ।