१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३१ शुक्रबार
  • Saturday, 29 June, 2024
२o७८ बैशाख ३१ शुक्रबार १७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुईको मृत्यु, मृत्युपछि एकमा कोरोना संक्रमण पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख ३१ शुक्रबार १७:५३:oo

सहिद लखन गाउँपालिका– ४ का ४२ वर्षीय  बाबुराम लामिछानेको शुक्रबार काठमाडौंको टेकु अस्पतालमा मृत्यु भयो । परिवारका सदस्य कोरोना संक्रमित भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट नआउँदै उपचारका क्रममा मृत्यु भएको हो । परिवारका सदस्य संक्रमित भएपछि गत वैशाख २८ गते उनले स्वाब दिएका थिए ।

२८ गते स्वाब दिएका उनको स्वास्थ्यमा समस्या देखिएपछि गत २९ गते उपचारका लागि काठमाडौं आइपुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ भन्छन्, ‘उहाँको परिवारका सदस्य उपचारका लागि चितवनमा जाँदा कोरोना संक्रमित हुनुभएछ । त्यसपछि उहाँको कोरोना परीक्षणका लागि स्वाब दिनुभएको  थियो । उहाँको मृत्यु भएको खबर हामीले करिब तीन बजे पाएका थियौँ । मृतकमा कोरोना संक्रमण भएको रिपोर्ट भर्खरै पायौँ ।’

यस्तै, आज पालुङटार नगरपालिका– २ सिम्पानीका ६५ वर्षीय रामचन्द्र बस्नेतलाई पनि करिब १ बजेदेखि श्वासप्रश्वासमा समस्या देखियो । परिवारका सदस्यले करिब १:४५ बजे आँपपिपल अस्पतालमा पुर्‍याए । एक्कासि सास फेर्न अप्ठ्यारो भयो भनेपछि उपचारका लागि लगिएका बस्नेतलाई करिब २:४० बजे अस्पतालले मृत घोषणा गरिदियो ।

पालुङटार नगरपालिकाका स्वास्थ्य शाखाका दीपेन्द्र गिरी भन्छन्, ‘उहाँको कोरोना परीक्षणका लागि गत वैशाख २७ गते पिसिआर परीक्षका लागि स्वाब प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाएका थियौँ । तर, अहिलेसम्म रिपोर्ट आइसकेको छैन । उहाँ उच्चरक्तचाप र मुधुमेहको बिरामी पनि हुनुहँदाेरहेछ ।’

गिरीका अनुसार बस्नेत हप्ता दिनअघि गाउँमा भएको एक बिहेमा सहभागी थिए । उक्त बिहेमा जन्ती आएका काठमाडौं, चितवनका मानिसहरूमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस गाउँका मानिसहरूको स्वाब संकलन गरिएको थियो ।

गिरीले भने, ‘बिहेमा आएका ८–१० जनालाई कोरोना लागेको भन्ने सुनेपछि हामीले त्यस गाउँका मानिसको स्वाब संकलन गरेका थियौँ । नाैजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । रामचन्द्रजीको पनि रिपोर्ट आउन बाँकी नै छ । तर, डाक्टरले हृदयघातका कारण मृत्यु भएको भनेका छन् । हामीले स्वास्थ्य निर्देशनालयमा खबर गरेका छौँ । कोरोना संक्रमण भएको थियो या थिएन रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ ।’

बस्नेतको शव अन्त्येष्टिका लागि कोरोना परीक्षणको रिपोर्ट कुरिरहेको उनले जानकारी दिए ।

ad
ad
ad
ad