मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २८ मंगलबार १३:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपक्षी गठबन्धनको रणनीतिबारे देउवा-प्रचण्डबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २८ मंगलबार १३:३१:००

विपक्षी दलहरूको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न प्रचण्ड बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेका थिए । भेटमा करिब आधा घन्टा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री केपी ओलीको विकल्पमा विपक्षी दलहरूको गठबन्धनबाट बहुमतको सरकार गठन गर्ने विषयमा रणनीतिक छलफल भएको एक नेताले जानकारी दिए । 

सोमबार राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेस गर्न तीन दिनको समय दिएपछि विपक्षी दलहरू आफ्नो पक्षमा बहुमत पुर्‍याउने दौडधुपमा छन् । 

देउवा र प्रचण्डले नेकपा एमालेको ओली समूहबारे सबै शक्तिहरूसँग छलफल गरेर अघि बढ्ने रणनीति बनाएका छन् । विपक्षी गठबन्धनबाट कांग्रेस नेतृत्वमा बहुमतको सरकार गठन गर्ने विषयमा मंगलबार दिउँसो ३ बजे कांग्रेस सभापति देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।