१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार १५:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : थापालाई तोकियो निर्वाचन अधिकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार १५:५०:००

निर्वाचन आयोगले १७ जेठमा लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । आयोगको सोमबार बसेको बैठकले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापालाई नियुक्त गरेको हो । 

आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्यायपरिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई २८ वैैशाखबाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।