मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार १३:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले विश्वासको मत प्राप्त नगरे कांग्रेस–माओवादीले नयाँ सरकारका लागि दाबी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार १३:१६:००

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरे नयाँ सरकारका लागि कांग्रेस र माओवादी केन्द्रले दाबी गर्ने भएका छन् । संसद् बैठक सुरु हुनअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए धारा ७६ (२) अनुसार नयाँ सरकार गठनमा दाबी गर्ने सहमति भएको हो । 

बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले ओलीले विश्वासको मत प्राप्त नगरेको खण्डमा राष्ट्रपतिले धारा ७६ (२) अनुसार बहुमतको सरकार निर्माणका लागि आह्वान गर्ने र त्यसमा आफूहरूले दाबी गर्ने समझदारी भएको बताए । बाँकी निर्णय विश्वासको मतको परिणाम आएपछि गर्ने सहमतिसमेत भएको उनको भनाइ छ ।