१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २५ शनिबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संवैधानिक परिषद् बैठक रोक्न कांग्रेस नेता कोइरालाको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २५ शनिबार १७:५१:००

कांग्रेस नेता डा. शेखर कोइरालाले विधि र नीतिविपरीत बोलाइएको संवैधानिक परिषद्को बैठक रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सोमबार संसद्मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीले त्योभन्दा अगाडि अर्थात् आइतबारका लागि परिषद्को बैठक बोलाएका छन् ।

नेता कोइरालाले प्रधानमन्त्रीले विधिविपरीतको बैठक नरोकेको अवस्थामा बैठकमा सहभागी नहुनका लागि अरू सदस्यहरूलाई समेत आग्रह गरेका छन् । ‘वैशाख २६ गतेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक विधि र नीतिविपरीत भएकाले रोक्न प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दै यदि नरोकिएमा सो बैठकमा भाग नलिन अरू सदस्यहरूमा आग्रह गर्न चाहन्छु,’ नेता कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

डा. कोइरालाले विधिविपरीत बोलाइएको बैठक सञ्चालन भएको भए पनि बैठकको निर्णयबाट हुने नियुक्ति स्वीकार नगर्नसमेत आग्रह गरेका छन् ।

आइतबारको परिषद्को बैठकमा विपक्षी दलको नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले उपस्थित नहुने भनिसकेका छन् ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, विपक्षी दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।

तर, उपसभामुख पद रिक्त रहेकाले परिषद् पाँच सदस्यीय मात्र छ । संविधानले संवैधानिक परिषद्ले सर्वसम्मत रूपमा निर्णय गरी संवैधानिक निकायहरूमा नियुक्ति सिफारिस र अनुगमन गर्ने अधिकारको परिकल्पना गरेको छ ।

तर, सरकारले परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐनलाई प्रधानमन्त्री ओलीको अनुकूल हुने गरी अध्यादेशमार्फत संशोधन गरेर बैठकमा सदस्यहरू उपस्थित नभए पनि उपस्थितमध्ये बहुमतले निर्णय गर्ने व्यवस्था गरिएको छ । यसअघि ३१ मंसिरमा सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरूमा नियुक्ति गरेका थिए ।