मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २० सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २० सोमबार १४:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चार महिनादेखि पार्किङ गरेको कारभित्र दलित बालकको शव : छानबिन र कारबाही गर्न दलित आयोगको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २० सोमबार १४:५८:oo

दाङमा दलित समुदायका तीन बालकको शव चार महिनादेखि पार्किङ गरेर राखेको कारभित्र नग्न/अर्धनग्न अवस्थामा भेटिएको घटनाप्रति राष्ट्रिय दलित आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोग र अन्य संघसंस्थाहरूले बालकहरूको अपहरणपछि हत्या गरिएको भन्दै घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । 

गत शनिबार तुलसीपुर उपमहानगरपालिका– ६ स्याउली बजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीनवटा शव फेला परेको थियो । पार्किङ गरिएको भारतीय नम्बर प्लेट जे ०१ सिसी ०८८५ नम्बरको निशान कारभित्र शव भेटिएको हो । ती बालक तुलसीपुर उपमहानगरपालिका– ६ कै बरुवागाउँका हुन् । 

प्रहरीका अनुसार मृत अवस्थामा भेटिएकामध्ये किरण परियारका छोरा ६ वर्षीय करण परियार, सोही ठाउँकै सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँकै भीमबहादुर परियारको छोरा १० वर्षीय सन्देश परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

परिवारका अनुसार बालकहरू १६ वैशाखदेखि नै बेपत्ता थिए । त्यसको तीन दिनपछि उनीहरूको शव कारभित्र भेटिएको हो । राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले विज्ञप्ति जारी गर्दै घटना शंकास्पद रहेको भन्दै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वासनीय छानबिन गर्न, सत्यतथ्य सार्वजनिकीकरण गर्न तथा दोषीउपर कानुनी कारबाही गर्न माग गरेकी छिन् । ‘लक गरिएको गाडीभित्र नग्न तथा अर्धनग्न अवस्थामा शवहरू भेटिएको सूचना तथा समाचारहरूले गम्भीर आशंका सिर्जना गरेको छ,’ आयोगकी सदस्य सोवले विज्ञप्तिमार्पmत भनेकी छिन्, ‘सिंगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तै, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले पनि घटनाको स्पष्ट छानबिन, पीडितलाई क्षतिपूर्ति र हत्यारालाई हदैसम्मको कारबाहीको व्यवस्था गर्न माग गरेका छन् । ‘कोरोनाको दोस्रो लहरको कहरबीच हत्याराहरूले नाबालकहरूलाई अपहरण गरी हत्या गरेको आशंका सर्वत्र उत्पन्न भएको छ । आफन्तका अनुसार ती बालक वैशाख १६ गतेदेखि हराइरहेका थिए,’ विश्वकर्माले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसरी तीन दिनदेखि बेपत्ता भएका तीन–तीनजना बालकको खोजी कार्यमा गरेको सरकारी लापरबाहीका कारण उनीहरूको हत्याको कारण हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।’ 

घटनामा संलग्न भएको हुन सक्ने आरोपमा प्रहरीले कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।