१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख २४ सोमबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुक्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४३:oo

रुकुम पूर्वमा सडक खनिरहेको एक्स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । जिल्लाको भुमे गाउँपालिका– ८ सिमखोला पुर्साबाङमा सडक खनिरहेको एक्स्काभेटर माथिबाट झरेको सुक्खा पुहिरोमा पुरिँदा चालक भुमे– १ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको मृत्यु भएको हो । 

सडक खनिरहेका वेला झरेको पहिरोले एक्स्काभेटर पुरेको र पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक्स्काभेटर आइतबार साँझ पुरिएको भए पनि पुनको शव सोमबार मात्र निकालिएको इलाका प्रहरी कार्यालय खाबाङका इन्चार्ज सविन शाहले जानकारी दिए । 

घटना भएको जानकारी पाएपछि आइतबार साँझ नै प्रहरी टोली घटनास्थलमा पुगे पनि उद्धार सम्भव भएको थिएन । सोमबार बिहान अर्को एक्स्काभेटर लगाएर पहिरो हटाइएको इन्चार्ज शाहको भनाइ छ । 

उनका अनुसार पहिरो ठूलो भएका कारण उद्धारमा ढिलाइ भएको हो । उक्त एक्स्काभेटर साकार निर्माण कम्पनीको हो । पुर्साबाङ–रुकुमकोट–कुचिवाङ–कोर्जा–तामारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ । कमजोर भूगोलका कारण सडक निर्माणका क्रममा पहिरो झरेको बताइएको छ ।
 

ad
ad