१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई जनरलको बोनस र हकप्रद पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२७:oo

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औँ वार्षिक साधारणसभाले बोनस सेयर तथा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले चुक्ता पुँजीको ७ प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने र त्यसपछि नियामक निकाय बिमा समितिबाट स्वीकृत भएपश्चात् ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

बोनस तथा हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । साधारणसभा कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोक्नका लागि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा–सम्मेलन नगर्न सूचना जारी गरेको हुनाले जुममार्फत सम्पन्न गरेको कम्पनीले जनाएको छ । 

सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बिमाको ठूलो योगदान रहेको बताएका थिए । हाल कुल बिमाको पहुँच २६ प्रतिशत रहेको र समग्र बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको अध्यक्ष ढकालले जानकारी दिए ।

बिमा सम्बन्धमा जनमानसको सोचमा क्रमशः परिवर्तन भइरहेकाले आगामी दिनमा नेपाली बिमा बजार अझै फराकिलो हुने उनको धारणा थियो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरू र कर्मचारीको टिमको सहयोगबाट बिमा बजारमा एक अग्रणी कम्पनीका रूपमा स्थापित भइरहेको बताए । लगानीकर्ताको भावना र सञ्चालक समितिको निर्देशनले अगाडि बढिरहेको र निकट भविष्यमा नै ५औँ स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । 

ad
ad