१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ११ शनिबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ११ शनिबार o६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली गर्ने गुप्ता र महतोविरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ११ शनिबार o६:४८:oo

विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गर्ने सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोसहितका १६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । गुप्ता र महतो अहिले ललितपुरको नख्खुमा बस्दै आएका थिए । 

उनीहरूविरुद्ध दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार ६ सय १४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो । यो समूहले १३ वटा फर्ममार्फत एक अर्ब ५८ करोड ३६ लाख आयकर तथा ६४ करोड ५० लाख ९७ हजार मूल्य अभिवृद्धि कर छली गरेको विभागले जनाएको छ । 

गुप्ताको अनिल गुप्ता एन्ड एसोसिएट्स, महतोको अंकुश ट्रेड एन्ड सप्लायर्समार्फत धेरै कर छली भएको छ । उनीहरूले अन्य विभिन्न व्यक्तिको नाममा पनि कम्पनी दर्ता गरेका थिए । अभिमन महतोको नाममा सन्ध्या ट्रेडर्स, अकली हजरा दुसादको लक्की ट्रेड लिंक, मुअन महराको मुअन ट्रेडिङ कन्सर्न तथा रामचन्द्र माझीको नाममा दिव्या इन्टरप्राइजेज कम्पनी दर्ता गरेर ती कम्पनीमार्फत कारोबार गरी कर छली गरेको विभागको भनाइ छ ।

त्यस्तै, महरा चमारको नाममा निकी के ट्रेडर्स, दीपककुमार कायस्थको नाममा एन.के.डी. ट्रेडर्स, ओकिल देवानको नाममा जी.एन. ट्रेडर्स, सरोज श्रेष्ठको नाममा सुवर्ण ट्रेड लिंक, सञ्जय श्रेष्ठको नाममा सञ्जय इन्टरनेसनल, वाणेश्वर महतोको नाममा अंशु ट्रेड लिंक, सरोज ढकालको नाममा कोमल ट्रेड लिंक, राधेश्यामप्रसाद तेलीको पी.एन. आर इन्टरप्राइजेज, रन्तगोपाल श्रेष्ठको आयान टेड्र लिंकमार्फत कर छली भएको छ । 

सम्पत्ति जफतको प्रयोजनका लागि अञ्जु गुप्तालाई समेत विभागले प्रतिवादी बनाएको छ । सो समूहले पनि विभिन्न गरिब व्यक्तिका नाममा कम्पनी खोलेर कर छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभिन्न गिरोहले दुई सयभन्दा धेरै कम्पनी अर्काको नाममा खोलेर अर्बौँ रुपैयाँ कर छली गरेका छन् ।

ad
ad
ad
ad