मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ८ बुधबार १४:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परेन कोरोना प्रभाव : पाथीभरा मन्दिरको आठ हजारभन्दा बढीले गरे दर्शन

Read Time : < 1 मिनेट
२०७८ बैशाख ८ बुधबार १४:४०:००

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको मन्दिरमा मंगलबार आठ हजारभन्दा बढीले दर्शन गरेका छन् । बुधबार पनि उत्तिकै संख्यामा दर्शनार्थीहरू गएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले मंगलबार बिहान २ बजेदेखि बुधबार दिउँसो १ बजेसम्ममा १२ हजारभन्दा बढीले  दर्शन गरेको बताए ।  विभिन्न  २१ जिल्लाका तीर्थयात्रीहरू पाथीभरा मन्दिर पुगेका छन् । 

पाथीजस्तो देखिने पाथीभरा मन्दिर ३७९४ मिटर उचाइमा रहेको छ । पाथीभरा दर्शनका लागि जाने भक्तजनको मन्दिरभन्दा साढे २ किलोमिटर वर नै लगत राख्ने व्यवस्था मिलाइएको निर्देशक काफ्ले बताए ।  ‘रामनवमीका वेला पहिला पनि ठूलै संख्यामा तीर्थयात्री आउँथे,’ काफ्लेले भने, ‘यो वर्ष पनि राम्रै संख्यामा आइरहेका छन् ।’ 

कोरोनाका कारण शिथिल बनेर भर्खर मात्र ब्युँझिन थालेको पाथीभरा क्षेत्र फेरि कोरोनाको चपेटामा पर्ने हो की भन्ने डर पनि जिल्लावासीलाई  छ ।