१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ३ शुक्रबार १८:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको च्याम्पियन ट्रफी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ३ शुक्रबार १८:o५:oo

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको च्याम्पियन ट्रफी  शुक्रबार सार्वजनिक गरिएको छ । शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयस्थित खेलमैदानमा आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासका बीच पनि आयोजना हुन लागेको शृंखलामा महामारीबाट जोगिन होटेलदेखि मैदानसम्म सबै प्रावधान अपनाइएको शृंखलाका निर्देशक माधव कर्माचार्यले बताए । 

यस्तै, क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृंखला सम्पन्न गर्नु निकै चुनौतीपूर्ण रहेको बताए । कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृंखलामा दर्शकदीर्घाका लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताए । 

प्रतियोगितामा सहभागी सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृंखलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिए । शृंखलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ ।