मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार ०६:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्मार्टडोको नयाँ वर्ष अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार ०६:५८:००

स्मार्टडोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको अवसर पारेर ‘स्मार्टडोको नयाँ वर्षको अफर’ लागू गरेको छ । कम्पनीले स्मार्टडोकोमा सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट र हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउने योजना ल्याएको हो । 

कम्पनीले यसका साथै अन्य अफर पनि ल्याएको जनाएको छ । जसअनुसार ४ जना भाग्यशाली ग्राहकलाई उपहार प्रदान गरिने जनाइएको छ । उपहारमा १ जनालाई कोन्का टिभी, १ जनालाई आइसिक्स स्मार्ट वाच, एकजनालाई बेगा स्ट्यान्ड फ्यान र एकजनालाई बाल्ट्रा स्लाइस पप–अप टोस्टर प्रदान गरिने कम्पनीले जनाएको छ । 

ग्राहकले स्मार्टडोकोमार्फत सामसङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजी, लिनरफ्लक्स, हकिन्स, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पिसेफ रनियो लाइफजस्ता ब्रान्डका सामानहरू खरिद गर्न सक्ने जनाइएको छ । भुक्तानीका लागि क्यास, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, इ–सेवा, मास्टर कार्डबाट गर्न सकिने कम्पनीले जनाएको छ ।  

कम्पनीले रिङरोडभित्र निःशुल्क डेलिभरी गर्दै आएको जनाएको छ । नयाँ वर्षको अवसरमा नेपालभरि डेलिभरी शुल्क ५० रुपैयाँ मात्र लिने जनाइएको छ । आइएमएस ग्रुपका अध्यक्ष तथा सिइओ दिकेश मलहोत्राले भने, ‘हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकताअनुसारका प्रडक्टहरू ल्याउँदै आएका छौँ । ग्राहकले सहज ढंगले सपिङ गर्न पाऊन् भन्ने उद्देश्यअनुरूप सेवा उपलब्ध गराइरहेका छौँ ।’ यो अफर वैशाख ५ गतेसम्म मात्र लागू हुने जनाइएको छ ।