मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १ बुधबार
  • Sunday, 08 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख १ बुधबार o९:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गलैँचा उत्पादक संघमा पुनः गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख १ बुधबार o९:४७:oo

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा व्यवसायी रामबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाबाट गण्डकी प्रदेशका सांसदसमेत रहेका हिमालयन डेकोर रग्सका सञ्चालक गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

साधारणसभाले गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचन समितिका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा एनपी रग्सका तेञ्जिङ शेर्पा निर्वाचित भएका हुन् । त्यस्तै, उपाध्यक्षमा सेन्टर रग क्राफ्टका समीरविक्रम शाह, निमा कार्पेटका निमा लामा र महाबुद्ध कार्पेटका हीराबहादुर लामा निर्वाचित भएका छन् । 

संघको महासचिवमा क्लासिक कस्टम रगका दावा शेर्पा तथा सचिवमा एभरेस्ट लुमका बलबहादुर गुरुङ र सूर्य रग्स हाउसका देवआनन्द सरावगी निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा त्रिपुरा कार्पेटका दानबहादुर चन्द ठकुरी र सहकोषाध्यक्षमा राधा कार्पेटका राधा पन्त निर्वाचित भइन् । 

संघका सदस्यहरूमा छिरिङ लामा, नरहरि थापा, छत्रबहादुर श्रेष्ठ, ङिमा जाङ्बो शेर्पा, सुकुमान योञ्जन, छिरिङ शेर्पा, जेठा तामाङ, राजेशकुमार रायमाझी, नवाङछिमे लामा, दवाछिरी शेर्पा र सोनाम लामा निर्वाचित भएका छन् । साधारणसभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका हुन् ।