मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ चैत २९ आइतबार
  • Thursday, 13 August, 2026
२o७७ चैत २९ आइतबार o९:२३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुनचाँदी व्यवसायीको गोली हानी हत्या, श्रीमती घाइते    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ चैत २९ आइतबार o९:२३:oo

लुटेरा समूहले गएराति सिराहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएकाे लुटेरा समूहले लहान– २२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो ।  

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएको समूहले विश्वकर्मादम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा लुटेरा समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।  

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा लहान नगरपालिका– ७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।    रासस