Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २६ बिहीबार ०७:५७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगातारको वृद्धिपछि नेप्से परिसूचकमा सामान्य करेक्सन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २६ बिहीबार ०७:५७:००

बुधबारको नेप्से परिसूचकमा सामान्य करेक्सन भएको छ । आइतबारबाट उच्च बिन्दुमा कारोबार हुँदै आएको नेप्से बुधबार सामान्य करेक्सन हुन पुगेको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ बिन्दुमा पुगेको छ । यस दिन ६ समूहको सूचक बढेको छ । सबैभन्दा धेरै सूचक बढ्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यसको सूचक ६ दशमलव २ प्रतिशतले बढेको छ ।

त्यस्तै, दोस्रो समूहको सूचक बढ्नेमा माइक्रो फाइनान्स समूह रहेको छ । यसको २ दशमलव १६ प्रतिशतले बढेको छ । अन्य ४ समूहको सूचक सकारात्मक रहेको छ । यस दिन ७ समूहको सूचक नकारात्मक रहेको छ । सबैभन्दा धेरै घट्ने समूहको सूचकमा ट्रेडिङ समूह रहेको छ । यस समूहको सूचक ३ दशमलव ९४ प्रतिशतले घटेको छ भने दोस्रो धेरै घट्नेमा लगानीगत समूह छन् ।

बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १५ कम्पनीको कुल १ करोड ६५ लाख कित्ता सेयर किचबेच हुँदा ७ अर्ब २६ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यसको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, दोस्रो कारोबार हुने कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । यसको २२ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै बढ्नेमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ । यसको ९ दशमलव ९९ प्रतिशतले बढेर ९ सय २५ रुपैयाँको सर्किट मूल्यमा कारोबार भएको छ । दोस्रो सेयर मूल्य बढ्नेमा चन्द्रागिरी हिल्स ९ दशमलव ९८ प्रतिशतले बढेर २ हजार ५ सय ७९ रुपैयाँमा पुगेको छ । त्यस्तै, एनआइसी एसिया लघुवित्त वित्तीयको ९ दशमलव ९८ प्रतिशतले बढेर १ हजार २ सय ७८ रुपैयाँ पुगेको छ भने रिलाइन्स फाइनान्सको ९ दशमलव ८४ प्रतिशतले बढेर २ सय ७९ रुपैयाँ पुगेको छ ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको ९ दशमलव ७० प्रतिशतले बढेर १ सय ८१ रुपैयाँ पुगेको छ । त्यस्तै, बुधबारबाट दोस्रो बजार कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्सको ७ दशमलव ७८ प्रतिशतले बढेर ३ सय ८८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस दिन सबैभन्दा धेरै घट्नेमा रैराङ हाइड्रोपावर कम्पनी रहेको छ । यसको मूल्य ७ दशमलव २६ प्रतिशतले घटेर ३ सय ८३ रुपैयाँ कायम भएको छ । त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६ दशमलव ६ प्रतिशतले घटेर ३ सय १० रुपैयाँ कायम भएको छ । सानिमा जनरल इन्स्योरेन्स ५ दशमलव २४ प्रतिशतले घटेर ७ सय ७८ रुपैयाँ कायम भएको छ ।