मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १८ बुधबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलन नै खतरामा पर्दै छ : अष्टलक्ष्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १८ बुधबार १७:३४:००

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीको बुधबार बसेको बैठकमा नेतृ शाक्यले अहिलेको निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि बताइन् ।

उनले भनिन्, ‘तपाईं–हाम्रै कारणले गर्दा, हामीभित्रकै कारणले आज हामी कमजोर अवस्थामा पुगेका छौँ । हामी एक–अर्कामा निषेधको राजनीति गरिरहेका छौँ । कम्युनिस्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन आफैँ–आफैँ लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौँ । त्यसो भएको हुनाले पनि यतिवेला हामीले आत्मसमीक्षा गर्ने कि नगर्ने र हामीले यस्तो कुरा सच्याउने कि नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढ्नु छ भने, समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने, समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनैपर्छ । हामी रूपान्तरित हुनैपर्छ । हामीले निषेधको राजनीति, गुटको राजनीति गर्नुहुँदैन ।’