Skip This
संख्या आइएमई पे एपबाट सबै क्युआर स्क्यान गर्न मिल्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत १२ बिहीबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत १२ बिहीबार o६:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संख्या आइएमई पे एपबाट सबै क्युआर स्क्यान गर्न मिल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत १२ बिहीबार o६:४४:oo

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था भएको हो । 

सबै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवाप्रदायक एप भएको कम्पनीले जनाएको छ । नेपालमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गएको तथा सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात् गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।  

करिब ३५ हजार 
एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक रहेको कम्पनीले जनाएको छ ।