१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ चैत १२ बिहीबार ०८:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारत पारवहन समस्या समाधान गर्न आग्रह

Read Time : < 1 मिनेट
२०७७ चैत १२ बिहीबार ०८:४०:००

नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग भेटेर दुई देशबीचको पारवाहन एवं लजिस्टिकका क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

सोमबार संघका उपाध्यक्ष सुनील केसीले वाणिज्य क्षेत्रमा रहेका समस्या समाधान गर्न सकेमा नेपाली उत्पादनको लागत घट्ने र मूल्य प्रतिस्पर्धात्मक बनाउन सक्ने उनले बताए ।

संघका महासचिव आरबी रौनियारले नेपाल–भारत वाणिज्य सन्धि, नेपाल–भारत पारवहन सन्धि तथा नेपाल–भारत रेल सर्भिस एग्रिमेन्टले अहिलेको विश्व व्यापारको मर्मअनुरूप मेल नखाएको बताउँदै त्यसको पुनर्विचार तथा एकीकृत सन्धि गरिनुपर्ने बताए ।

अन्तर्क्रियामा महावाणिज्यदूत पोखरेलले नेपाल–भारत वाणिज्य, पारवहन तथा रसद (लजिस्टिक)सम्बन्धी संघले दिएका सुझाब अत्यन्त जायज भएको बताउँदै समाधानका लागि पहल गर्ने आश्वासन दिए ।