मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ८ आइतबार १२:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ चैत ८ आइतबार १२:१८:००

जंगली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एकजना महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १३ उज्ज्वलनगर घर भएकी ५५ वर्षीया तिलमाया भुजेलको हात्तीको आक्रमबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनलाई गंगानगरस्थित माइतीघरमा सुतिरहेको समयमा हात्तीले आक्रमण गरेको हो । आज बिहान करिब तीन बजेको समयमा जंगली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट क्षतविक्षत भएको उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको भरतपुर- १३ का वडा सदस्य किशोर पौडेलले जानकारी दिए । हात्तीले सोही स्थानमा पाँचवटा घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।