१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २ सोमबार ०६:०२:००
Read Time : > 1 मिनेट
अर्थ

४३ ग्रेडको ओपिसी उत्पादन गर्ने शिवम् सिमेन्ट नेपालकै एक मात्र ब्रान्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २ सोमबार ०६:०२:००

शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्रान्ड बनेको कम्पनीले जनाएको छ । हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगत्मै पहिलोपटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत भएको शिवम् सिमेन्ट ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्रान्ड बन्न सफल भएको हो ।   

सिमेन्टलाई योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रमाणीकरण गर्दै आइरहेको थियो । जसअन्तर्गत उत्पादित सिमेन्टहरू कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एनएस ४९ को मापदण्डअनुरूप उत्पादन तथा बिक्री–वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुंगा, कच्चा पदार्थहरू, उत्पादन प्रक्रिया, उत्पादित क्लिंंकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी ल्याब परीक्षणसमेतका आधारमा गुणस्तर परीक्षण गरी प्रमाणीकरण गर्ने गर्छ ।

सन् २००९ मा हेटौँडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आइएसआई, युआरएस प्रमाणित आइएसओ सर्टिफिकेटप्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।