Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद चौधरीलाई दिल्लीमा सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १७:१७:००

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कन्फडेरेसन अफ अल इन्डिया ट्रेडर्सद्वारा प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरिएको छ । नयाँदिल्लीको होटेल मेरिडियनको सभा हलमा आयोजित कार्यक्रममा सांसद चौधरीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । 

सांसद चौधरी विगत डेढ दशकदेखि महिला सशक्तीकरण तथा महिला उद्यमशीलतामा काम गर्दै आएकी छिन् । अवार्ड अनलाइनबाट ग्रहण गर्दै चौधरीले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । कार्यव्यस्तताले गर्दा सम्मान कार्यक्रममा उपस्थित हुन नसकेको उनको भनाइ छ । 

ग्रामीण तथा विपन्न महिलालाई सीपमूलक उद्यमशील तालिम तथा सहयोग उपलब्ध गराउनेबारे क्रियाशील भइरहने उनको भनाइ छ । चौधरीले कन्फडेरेसन अफ अल इन्डिया ट्रेडर्सले अब दक्षिण एसियाकै महिलालाई एकीकृत गरी समग्र भेगमै महिला उद्यमशीलतालाई जोड दिनुपर्ने बताइन् ।