Skip This
ad
नेपाल शान्तिको युगमा प्रवेश गऱ्यो, अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल शान्तिको युगमा प्रवेश गऱ्यो, अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:५६:oo

प्रधानमन्त्री केपी ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउँदै अब नेपालमा हिंसात्मक द्वन्द्व नरहेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममा शुक्रबार ओलीले भने, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गऱ्यो, अब नेपालमा हिंसात्मक द्वन्द्व छैन ।’

शान्तिपूर्ण युगमा नेपाललाई प्रवेश गराउन योगदान दिएको भन्दै ओलीले विप्लवलाई धन्यवाद दिए । ओलीले सुशासन, भ्रष्टाचारको अन्त्य, विकासका प्रयास योजनाबद्ध ढंगले अगाडि बढुन् भन्ने नेपाली जनताको चाहना भएको बताए । 

शान्तिपूर्ण वातावरण, लोकतान्त्रिक प्रणाली, जनताले हक अधिकार र अवसर प्राप्त गर्दा मात्र समृद्ध नेपाल बनाउन सकिने बताएका छन् । विप्लव शान्तिपूर्ण राजनीतिमा सेफल्यान्डिङ भएको ओलीको भनाइ छ ।
 

ad
ad