१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १७:१९:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध मुद्दा चलाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अधिकृत अर्जुन सुवेदी, नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबाबु दाहाल  तथा सप्तरीस्थित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सेवाग्राहीसँग आठ हजार रुपैयाँ घुस लिएको आरोपमा सुवेदी, चन्द र दाहाललाई केही साताअघि मात्र पक्राउ गरेको थियो । सुवेदीले व्यवसाय दर्ताका लागि घुस लिन मञ्जुर गरेको, चन्दले घुस रकम बुझेको तथा दाहालले मोलाहिजा गरेको दाबी गरिएको छ ।

त्यसैगरी,  सप्तरीमा रहेको नापी कार्यालयका निमित्त कार्यालय प्रमुख रहेका सर्वेक्षक ठाकुरले जग्गा कित्ताकाट गरिदिने भन्दै लेखापढी व्यवसायी यादवमार्फत १५ हजार रुपैयाँ घुस लिएको दाबी अख्तियारले गरेको छ ।